मंगलबार, चैत १०, २०८२

मिर्गौला फेल हुनु भन्दा पहिले शरीरमा देखिन्छन् यस्ता संकेत

शरीरमा कुनै समस्या भए हामीले पहिल्यै संकेत पाउँछौं। संकेत पाउँदा बेवास्था गर्नु हुँदैन। मानिसको मिर्गौला पनि अचानक फेल हुँदैन। शरीरमा देखिएका समस्यालाई बेवास्ता गर्दा जटिल अवस्थामा पत्ता लाग्ने हो।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

शरीरमा कुनै समस्या भए हामीले पहिल्यै संकेत पाउँछौं। संकेत पाउँदा बेवास्था गर्नु हुँदैन। मानिसको मिर्गौला पनि अचानक फेल हुँदैन। शरीरमा देखिएका समस्यालाई बेवास्ता गर्दा जटिल अवस्थामा पत्ता लाग्ने हो।

National life

मिर्गौला फेल हुनुभन्दा पहिले शरीरले थुप्रै संकेत दिन्छ। पिसाब सम्बन्धी समस्या मिर्गौला खराब भएको प्रमुख लक्षण हो। मिर्गौला बिग्रीदा पिसाबको रंग परिवर्तन हुन्छ।

पटक-पटक पिसाब लाग्नु, कम पिसाब लाग्नु, पिसाब आउँदा जलन हुनु, पिसाबका साथ रगत आउनु आदि लक्षण मिर्गौला फेल भएका लक्षण हुन्। मिर्गौलामा अधिक दबाव हुँदा पेसाव आउन बन्द हुने जोखिम हुन्छ।

मिर्गौला बिग्रीदा जिब्रोले स्वाद नपाउने हुन्छ। यस्तै बेला-बेला हिच्कि आउने गर्छ। मिर्गौला फेल हुँदा विषाक्त पदार्थको मात्रा अचानक बढ्छ। जसले शरीरमा चिडचिडाहट पैदा हुन्छ।

एक्कासी हड्डि कमजोर भएको आशंका भए मिर्गौलामा समस्या हुनसक्छ। मिर्गौलाका बिरामी भएका केही मानिसमा थोरै दवावमा हड्डी फुट्ने वा टुट्ने हुन्छ। हाम्रो मिर्गौलाले भिटामिन डी र क्याल्शियमको मेटाबेलिज्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

Laxmi sunrise bank
kumari

शरीरमा पटक-पटक रगतको कमी भयो भने पनि मिर्गौलाको समस्या हुने जोखिम हुन्छ। त्यसैले शरीरमा कमजोरी महशुस हुँदा त्यसलाई बेवास्था गर्नु हुँदैन।

शरीरमा अचानक सुन्निने समस्या आयो भने पनि कतै मिर्गौला फेल भएको संकेत त होइन। मुख्य रुपमा अनुहार र आँखा मुनी सुन्निनु मिर्गौला फेल भएको लक्षण हो। यस्तो हुँदा लापरबाही गर्नु हुँदैन। यसका अलावा हात वा खुट्टामा पनि सुजन हुनसक्छ।

प्रकाशित: Apr 16, 2021| 01:27 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्