मंगलबार, चैत १०, २०८२

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रकम कुनकुन विद्यालयले पाए ? (सूचीसहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका ४ हजार २५० विद्यालयलाई रकम बाँडफाँट गरेको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका ४ हजार २५० विद्यालयलाई रकम बाँडफाँट गरेको छ।

National life

कार्यक्रमका लागि छनोट भएका विद्यालयले स्थानीय तहमार्फत् रकम पाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। आवेदन परेका ६ हजार ९२१ मध्ये छनोटमा परेका विद्यालयलाई एक करोडदेखि ६ लाख ५० हजार रुपियाँसम्म उपलब्ध गराइएको हो।

सरकारले चालू शैक्षिक सत्रमा नै योजना सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७७–०७८ मा नै कुल बजेटबाट ५ अर्ब ६ करोड ५० लाख रुपैयाँ विभिन्न कार्यक्रमका लागि बाडँफाँट गरेको छ। तर अघिल्लो आर्थिक वर्षमा पनि कार्यक्रम कार्यान्वयन नहुँदा तीन अर्ब ७३ करोड रुपैयाँ बजेट फ्रिज भएको थियो।

केन्द्रका अनुसार दुई कोठे भवन बनाउन १८ लाख, चार कोठे भवन बनाउन ३६ लाख र विज्ञान प्रयोगशाला बनाउन ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ।

यस्तै पुस्तकालय निर्माण गर्न ६ लाख ५० हजार र शैक्षिक सामग्री व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम विद्यालयलाई उपलब्ध गराइने विवरणमा उल्लेख गरिएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Apr 15, 2021| 12:18 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्