काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५३४ जनालाई संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८८ जनाको पीसीआर र ५६४ जनाको एन्टिजेन परीक्षण हुँदा ५३४ जनालाई संक्रमण भएको पुष्टि भएको हो।
संक्रमितमध्ये ४९० जनाको पिसिआरमा र ४४ जनाको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १५७ संक्रमणमुक्त भएसँगै हालसम्म २ लाख ७४ हजार ६०४ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ छ।
पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा हालसम्म संक्रमित मृतकको संख्या ३ हजार ६६ पुगेको छ।