मंगलबार, चैत १०, २०८२

महामारीमा जनताको मन जितेको टेकु

कोरोना कहरसँग सुरु भएको वर्ष ०७७ को सुरुतिर देशका अधिकांश निजी अस्पताल बन्द थिए। कोरोना संक्रमण फैलिने सम्भावनाको बहाना देखाउँदै निजी अस्पतालले उपचार सेवा दिएका थिएनन्। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

कोरोना कहरसँग सुरु भएको वर्ष ०७७ को सुरुतिर देशका अधिकांश निजी अस्पताल बन्द थिए। कोरोना संक्रमण फैलिने सम्भावनाको बहाना देखाउँदै निजी अस्पतालले उपचार सेवा दिएका थिएनन्। 

National life

कोरोना संक्रमितको उपचार निःशुल्क गराउन स्वास्थ्य मन्त्रालयको निर्देशनपछि निजी अस्पताल धमाधम बन्द भए। नाफामा रमाएका निजी अस्पताल आम्दानी नहुने भएपछि गेटबाटै बिरामी फर्काएर ताला लगाएर बसे।

सरकारी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले सरकारको इज्जत धानिदिने र नागरिकको विश्वास जित्ने काम गरेको छ।

कोरोना संक्रमितको पहिलो केसदेखि आजसम्म टेकु अस्पताल उपचारमा सक्रिय छ। 

देशैभरबाट कोरोनाका लक्षण देखिएका र कोरोना पुष्टि भएका बिरामी टेकु अस्पतालमै रिफर गराइन्थ्यो। अन्य सरकारी अस्पतालले पनि कोरोना संक्रमितको उपचार गर्न आँट गरेका थिएनन्। यस्तो अवस्थाबाट उपचार सुरु गरेको टेकु अस्पतालमा आजसम्म त्यस्तो कुनै दिन छैन् जुन दिन कोरोना संक्रमित यो अस्पतालमा नभएको होस्।

Laxmi sunrise bank
kumari

जेठदेखि हालसम्म टेकु अस्पतालमा ५८ हजार ७३१ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये आठ हजार ४२२ जनाको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको थियो। टेकु अस्पतालमा उपचारकै क्रममा ४८ जनाले ज्यान गुमाएका छन् भने तीन जना अस्पताल ल्याउने क्रममा मृत्यु भएको अस्पतालको रेकर्ड छ। 

निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालको वार्डमा भदौ १८ मा पहिलोपटक कोरोना संक्रमित ८२ वर्षीया वृद्धाले ज्यान गुमाएकी थिइन्। कात्तिक ११ मा सबैभन्दा ज्येष्ठ नागरिक ९२ वर्षीय संक्रमित वृद्धको मृत्यु भएको थियो। 

सोही अस्पतालमा ज्यान गुमाउने सबैभन्दा कम उमेरका ३६ वर्षीय संक्रमित पुरुष हुन्। उनको कात्तिक ४ गते मृत्यु भएको थियो। यस बीचमा सो अस्पतालका ५५ जना स्वास्थ्यकर्मी संक्रमित भएको निर्देशक डा. राजभण्डारीले बताए। 

राजभण्डारी भन्छन्, ‘संक्रमितमा स्वास्थ्य समस्याभन्दा बढी मनोसामाजिक समस्या र पीडा बढी थियो। स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्रीको चरम अभाव थियो। त्यसैले सेवा प्रवाह गर्न निकै चुनौती थियो।’ 

जनस्वास्थ्यको जोखिमका बेला निजी अस्पतालले देखाएको निर्दयीपन सम्झँदै उनी भन्छन्, ‘हाच्छ्युँ गर्ने बिरामीको टिकटमा रिफर टु टेकु हस्पिटल लेखेर हामीकहाँ पठाइदिन्थे।’ 

विभिन्न अस्पतालले मनोमानी शुल्क लिएर परीक्षण गरिरहेको भन्दै २८ भदौमा परेको रिटमा असोज १५ गते सर्वोच्च अदालतले निजी स्तर र सरकारी प्रयोगशालाबाट निःशुल्क कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो। 

सरकारले सुरुमा पीसीआर परीक्षणबापत ५५०० रुपैयाँ लिन दिने निर्णय गरेको थियो। सरकारले त्यसपछि दुई हजार रुपैयाँ लिन थाल्यो। माघ २८ मा स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको उपचार सरकारी अस्पतालमा  निःशुल्क  हुने र निजी क्षेत्रको अस्पतालमा कोरोना परीक्षणको शुल्क दुई हजारबाट एक हजारमा झारेको थियो। 

टेकु अस्पतालले दीनदुःखीको परीक्षण तथा उपचार निःशुल्क रूफमा गर्न कहिल्यै हिचकिचाएन। सर्वसाधारण पनि कोरोनाको लक्षण देखिएमा वा संक्रमित भएमा सबैभन्दा पहिले टेकु अस्पताल नै पुगे।

निजी अस्पतालमा कोरोना परीक्षण हुन थालेपछि पैसा तिर्न नसक्नेहरु टेकु अस्पतालमै रातदिन लाइनमा बसेर कोरोना परीक्षण गराउँथे। त्यति बेला उनीहरुलाई टेकु अस्पताल आफंैले चाउचाउ, पानी खुवाएको अनुभव सुनाउँछन्, टेकु अस्पतालका निर्देशक डा.  राजभण्डारी। 

१९९० को भूकम्पपछि महामारीका रुपमा फैलिएको हैजा नियन्त्रणका लागि टेकु अस्पताल स्थापना भएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल हुँदै अहिले यसलाई कोभिड अस्पतालका रूपमा चिन्न थालिएको छ। 

कोरोनाको दोस्रो लहर सुरु भएसँगै माघ ४ देखि अन्य नियमित सेवा सुरु गरेकोमा मंगलबारदेखि फेरि कोभिड अस्पताल बनाइएको छ।

प्रकाशित: Apr 15, 2021| 04:02 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्