मंगलबार, चैत १०, २०८२

कतै इम्युनिटी कमजोर गर्ने खाने कुरा खाइरहनु भएको त छैन?

विश्वभर फेरि कोरोना महामारीको दोस्रो लहर फैलिरहेको छ। यस्तो अवस्थामा सबैमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक छ। कमजोर इम्युनिटी पावर भएका मानिसमा रोगले चाडो संक्रमण गर्ने जोखिम हुन्छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

विश्वभर फेरि कोरोना महामारीको दोस्रो लहर फैलिरहेको छ। यस्तो अवस्थामा सबैमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक छ। कमजोर इम्युनिटी पावर भएका मानिसमा रोगले चाडो संक्रमण गर्ने जोखिम हुन्छ।

National life

त्यसैले हामीले खानपानमा विशेष ध्यान दिनुपर्छ। इम्युनिटीलाई कमजोर हुन नदि रक्सी तथा धुमपान गर्नु हुँदैन। यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा असर पर्छ।

बढी मात्रामा फास्ट  फुड खानु हुँदैन। यसमा सुगरको मात्रा बढी र फाइबरको मात्रा कम हुन्छ। फास्ट फुडले शरीरको इम्युनिटी सिस्टममा विस्तारै समस्या पैदा गर्दै जान्छ।

यस्तै धेरै कफीको सेवन पनि स्वास्थ्यका लागि राम्रो मानिदैन।  कफीमा पाइने तत्वले इम्युनिटी सिस्टमलाई प्रभावित गर्छ। त्यसैले धेरै कफीको आदत भए त्यसलाई नियन्त्रित गर्नुपर्छ।

सोडाको सेवन पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमतामा असर गर्छ।  सोडामा सुगरको मात्रा बढी हुन्छ। यसले इम्युनिटी सिस्टममा असर गर्छ।

Laxmi sunrise bank
kumari

सिल प्याक अचार पनि स्वस्थ्यका लागि राम्रो मानिदैन। अचारमा सोडियम प्रसस्त हुन्छ। जसले डिहाइड्रेशन तथा मिर्गौलामा समस्या पैदा गर्छ। यसमा साथै बजारमा सिलबन्द गरिएका फलफूल तथा सुप पाइन्छन्। ती पनि स्वास्थ्यका लागि त्यति राम्रो मानिदैनन्।

शरीर स्वस्थ रहन प्रसस्त मात्रामा सफा पानी पिउनु पर्छ। फोहोर पानीले रोग लगाउने मात्रै होइन रोग प्रतिरोधात्मक क्षमतामा समेत ह्रास ल्याउँछ।

जंक फुट खाँदा शरीरलाई घाटा हुन्छ। तर, हामीले नियमित कुनै न कुनै फलफूलको सेवन गर्‍यौ भने त्यसले स्वास्थ्यलाई फाइदा पुगाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

प्रकाशित: Apr 15, 2021| 01:59 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्