मंगलबार, चैत १०, २०८२

२४ घण्टामा थपिए ६०३ जना कोरोना संक्रमित

यीमध्ये ५८० जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने २३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६०३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८९ जनाको पीसीआर र ४५१ जनाको एन्टिजेन परीक्षण भएकोमा ६०३ जनालाई संक्रमण पुष्टि भएको हो।

National life

यीमध्ये ५८० जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने २३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८१ हजार ५८७ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२९ छ। योसँगै हालसम्म २ लाख ७४ हजार ४४७ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६ छ।

प्रकाशित: Apr 14, 2021| 10:44 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्