मंगलबार, साउन १९, २०८३

शिक्षक दरबन्दी मिलान तत्काल गर्न स्थानीय तहलाई निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान तत्काल गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान तत्काल गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। त्यसको बोधार्थ शिक्षा विकास तथा समन्वय एकाइलाई समेत पठाइएको छ। 

मंगलबार एक परिपत्र जारी गर्दै केन्द्रले दरबन्दी मिलान नगरेका स्थानीय तहलाई शिक्षक दरवन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ अनुसार यथाशीघ्र दरबन्दी मिलान गर्न निर्देशन दिएको हो। 

दरबन्दी मिलान नगरेका स्थानीय तहमा खुद पुल दरबन्दी बराबरको संख्यामा शिक्षक तलब भत्ता निकासा नगरिएको केन्द्रले जनाएको छ।

दरबन्दी मिलानको कार्य सम्पन्न नभएमा खुद पुल दरबन्दीका शिक्षकहरूको तलबभत्ताका लागि सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुने केन्द्रको परिपत्रमा उल्लेख गरेको छ।

प्रकाशित: Apr 14, 2021| 07:10 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्