मंगलबार, चैत १०, २०८२

२४ घण्टामा ५१७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५१७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५१७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३८६ जनाको पीसीआर र ८१७ जनाको एन्टिजेन परीक्षण भएकोमा ५१७ जनालाई संक्रमण पुष्टि भएको हो। जसमध्ये ४६० जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।  

हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३ छ। हालसम्म २ लाख ७४ हजार ३१८ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। 

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ छ। पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएकाे छ।

यीमध्ये ४ जना संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो भने ५ जनाकाे त्यसअघि नै मृत्यु भए पनि रिपाेर्ट आज प्राप्त भएकाे हाे। 

Laxmi sunrise bank
kumari

हालसम्म ३ हजार ५८ जना काेराेना संक्रमितको मृत्यु भइसकेकाे छ। 

प्रकाशित: Apr 13, 2021| 11:03 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्