मंगलबार, साउन १९, २०८३

टेकु अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गरिने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि कोरोना संक्रमित बिरामीलाई मात्र भर्ना लिने निर्णय गरेको छ। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि कोरोना संक्रमित बिरामीलाई मात्र भर्ना लिने निर्णय गरेको छ। 

कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो। 

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अन्य बिरामीलाई पनि भर्ना गर्दा उनीहरुमा पनि संक्रमण सर्न सक्ने भएकाले र कोरोना संक्रमितको मात्रै उपचार व्यवस्थापन गर्न यो निर्णय गरिएको हो। 

अन्य सरुवा रोगका बिरामी भर्ना हुनुपर्ने अवस्थ भए उनीहरुलाई अन्य अस्पतालमा व्यवस्थापन गरिने उनले बताए। कोरोना संक्रमण बढेपछि सरकारले नै शुक्रराज अस्पताललाई कोभिड फोकस अस्पतालमा परिणत गरेको थियो। 

संक्रमण कम हुँदै गएपछि गत माघ ४ गतेदेखि अन्य सरुवा रोगका बिरामीको उपचार गर्न थालेको अस्पतालमा पुनः संक्रमण बढेसँगै कोरोनाका मात्रै बिरामीको उपचार गर्न लागिएको हो। 

प्रकाशित: Apr 13, 2021| 11:47 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्