मंगलबार, साउन १९, २०८३

अहिलेकाे गतिमा संक्रमण बढे दैनिक ११ हजारसम्म पुग्ने सरकारकाे प्रक्षेपण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही गतिमा कोरोना संक्रमण बढे भयावह अवस्था सिर्जना हुने आकलन गरेको छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै गतिमा कोरोना भाइरसकाे संक्रमण बढे भयावह अवस्था सिर्जना हुने आकलन गरेको छ।

मन्त्रालयले जेठ अन्तिमदेखि असारमा दैनिक ११ हजारकाे हाराहारीमा संक्रमण पुष्टि हुने आकलन गरेको हो।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले असारसम्ममा ६ लाखसम्म संक्रमित पुग्नसक्ने बताएका छन्।

त्यो अवस्थालाई रोक्न मन्त्रालय लागिपरेको उनको भनाइ छ। संक्रमणको भयावह अवस्थालाई रोक्न सबै सजग हुनुपर्ने मन्त्री त्रिपाठीले बताएका छन्।

याे पनि पढ्नुहाेस् : फेरि भयावह बन्दै कोरोना– सुस्त सरकार, निस्फिक्री नागरिक

 

प्रकाशित: Apr 13, 2021| 07:46 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्