मंगलबार, फागुन १९, २०८२

खट जुधाएर मनाइयो पाँचह्रे जात्रा (फाेटाे फिचर)

असनमा सोमबार पाँचह्रे जात्रा मनाइएको छ।
 |  सोमबार, चैत ३०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, चैत ३०, २०७७

काठमाडाैं- असनमा सोमबार पाँचह्रे जात्रा मनाइएको छ। उपत्यकालाई रक्षा गरी बसेका अजिमाहरूको खट परिक्रमा गरी जात्रा मनाइएको हो।

वटु अजिमा (पहेंलो) र भद्रकाली अजिमा (नीलो) को खटलाई कंकेश्वरी अजिमा (रातो) खटबाट असन चोकमा तीन पटक परिक्रमा गराइएको थियो। त्यसपछि आगो साटासाट गरेर जात्रा सम्पन्न भएको छ। 

इतिहासविद् डा. त्रिरत्न मानन्धरका अनुसार परापूर्वकालदेखि नै पिशाच चतुर्दशीका दिन असनमा सातवटा अजिमाको जात्रा मनाइँदै आएको छ। असनको चोकमा सातवटा बाटा छन्। 

पहिलापहिला सातै चोकबाट भिन्नाभिन्नै अजिमालाई त्यहाँ ल्याएर जात्रा मनाइने इतिहासमा उल्लेख छ। अहिले तीनवटा अजिमाको मात्र जात्रा मनाइने गरिएको डा. मानन्धरले बताए। 

उनले भने, ‘मैले थाहा पाएसम्म सातवटा अजिमाको जात्रा भएको छैन। सायद यी तीनवटाले सबैको प्रतिनिधित्व हुन्छ होला।’ 

kumari

अहिले कंकेश्वरी, भद्रकाली, वटु अजिमाको जात्रा मनाइन्छ। सोहीअनुसार सोमबार पाँचह्रे जात्रा मनाइएको हो। 

असनमा भद्रकाली र वटु अजिमाको खट पहिला नै राखिएको हुन्छ। त्यसपछि कंकेश्वरीको खट ल्याएर तीन पटक परिक्रमा गराइन्छ। भद्रकाली र वटु अजिमाको खटमा एकएक जना व्यक्तिले चिराग बोकेर बसेका छन्।

कंकेश्वरीले पनि चिराग ल्याएकी हुन्छिन्। एकआपसमा चिराग साटासाट गरेपछि असन चोकमा राखिएका दुई खट (भद्रकाली र वटु अजिमाको) जुधाइन्छ भने कंकेश्वरीको खट त्यहाँबाट आफ्नै स्थानमा लगिन्छ। त्यसपछि जात्रा सकिने परम्परा रहेको डा. मानन्धरले बताए।

प्रकाशित: Apr 12, 2021| 12:59 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।