मंगलबार, साउन १९, २०८३

एकै दिन चार कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तीन संक्रमितको सोमबार बिहान मृत्यु भएको छ। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

बुटवल - बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तीन संक्रमितको सोमबार बिहान मृत्यु भएको छ। 

रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीका २ महिला तथा एक पुरुष गरि तीन संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया महिलाको बिहान ७:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिलाको ९:५० बजे कपिलबस्तु बाणगंगा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको विहान ७:१४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

रुपन्देही तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन्। 

यस्तै अर्घाखाँचीकी महिलामा  र कपिलबस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूको सोही दिन कोरोना विशेष अस्पताल भर्ना गरि थालिएकव सूचना अधिकारी डा. गौतमले बताए। तीनै जनामा ज्वरो, दम, निमोनिया जस्ता समस्या देखिएको थियो।

कहिले काँही संक्रमणबाट एक जनाको ज्यान जानेगरको भए पनि तीन महिनापछि एकै दिन तीन जनाको मृत्यु भएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ।

कोरोना बिशेष अस्पतालमा अहिले ७ जना उपचाररत छन्। केहि दिनयता कोरोना संक्रमण बढ्न थालेपछि नागरिकहरूमा त्रास थपिएको छ। 

छिमेकी देश भारतमा समेत कोरोना महामारी देखिन थालेपछि नेपालीहरू घर फर्किनेक्रम बढ्न थालेको छ। सीमा क्षेत्रमा नेपाल फर्कनेहरूको भीड लाग्न थालेको छ। भारतीय सिमासँग जोडिएको रुपन्देहीसहित लुम्बिनीका तराईका जिल्लामा समेत कोरोना जोखिम बढ्दै गएको छ। 

यस्तै धनगढीको सेती प्रादेशिक अस्पतालमा पनि एक संक्रमितको ज्यान गएको छ। अस्पतालमा उपचाररत कैलालीका एक जना संक्रमितको  मृत्यु भएको हो। 

कैलालीका ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए। उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित व्यक्ति शनिबार राति अस्पताल भर्ना गरिएको थियो। 

उनमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो। उनी फागुन पहिलो साता भारतबाट नेपाल आएका व्यक्ति हुन्।

प्रकाशित: Apr 12, 2021| 06:42 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्