सोमबार, जेठ ४, २०८३

फेरि विद्यालय बन्द हाेलान् ? छलफलमा मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दको विषयलाई छलफलका लागि सीसीएमसी बैठकमा लैजाने निर्णय गरेको छ। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दको विषयलाई छलफलका लागि सीसीएमसी बैठकमा लैजाने निर्णय गरेको छ। 

National life

आज मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकले प्राप्त सुझावका आधारमा छलफलका लागि सीसीएमसी बैठकमा लैजाने निर्णय गरिएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए। 

बैठकले विद्यालय बन्द नगर्ने तर जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ। सोही विषय सुझावका रूपमा सीसीएमसी बैठकमा प्रस्तुत गरिने मन्त्रालयले जनाएको छ।

बैठकमा प्याब्सन, एनप्याब्सन, अभिभावक संघलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो। 

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि विद्यार्थीमा जोखिम बढ्ने भन्दै विज्ञहरूले विद्यालय तीन हप्ता बन्द गर्न सुझाव दिएका थिए। भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव थियो।

तर, प्याब्सन, एनप्याब्सनलगायत सरोकारवाला निकाय उक्त कुराको विरोध जनाउँदै आएका छन्। उनीहरूले स्वास्थ्य मापदण्ड कडाइ साथ पालना गर्दै भौतिकरूपमै कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिँदै आएका छन्। 
 

प्रकाशित: Apr 12, 2021| 04:59 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्