मंगलबार, चैत १०, २०८२

मधुमेहका बिरामीले के-के खान मिल्छ?

विश्वभर मधुमेहका बिरामीको संख्या तिब्र गतिमा बढिरहेको छ। यो रोग लाग्दा रगतमा चिनिको मात्रा बढ्छ। जसले गर्दा शरीरका विभिन्न अंग प्रभावित हुन पुग्छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

मधुमेह एक आम रोग हो। यो जोकोहिलाई हुनसक्छ। तर, यो गम्भीर बिरामी हो।

National life

विश्वभर मधुमेहका बिरामीको संख्या तिब्र गतिमा बढिरहेको छ। यो रोग लाग्दा रगतमा चिनिको मात्रा बढ्छ। जसले गर्दा शरीरका विभिन्न अंग प्रभावित हुन पुग्छन्।

विशेषज्ञका अनुसार मधुमेह नियन्त्रण भन्दा बाहिर जाँदा मुटु, मिर्गौला, आँखाको रोशनीको क्षति पुग्छ। त्यसैले मधुमेहका बिरामीले सुगरको मात्रा लेवलमा राख्नुपर्छ। 

मधुमेहका बिरामीले सिमिको तरकारी खान सक्छन्। यसमा प्रयाप्त मात्रामा आइरन, क्याल्शियम, पोटाशियम, भिटामिन ए, फोलेट र म्याग्निशियम पाइन्छ। मधुमेहका बिरामीको लागि यो निकै लाभदायक हुन्छ। यसको सेवनले ब्लड सुगर नियन्त्रित हुन्छ।

यस्तै ओखर, बदाम, काजु जस्ता खाने कुरा पनि मधुमेहका बिरामीका लागि निकै लाभदायक हुन्छन्। यस्ता खानेकुरामा भिटामिन, मिनरल्स, क्याल्शियम जस्ता तत्व भरपुर मात्रामा पाइन्छ। र, ब्लड सुगरको लेवल पनि नियन्त्रित हुन्छ।

Laxmi sunrise bank
kumari

करेला पनि सुगरका बिरामीका लागि सुपरफुड मानिन्छ। धेरै मानिसले करेलाको तरकारी खान मन पराउँदैनन्। तर, मधुमेहका बिरामीका लागि यो अमृत समान हुन्छ। मधुमेहका बिरामीले करेलाको जुस अनिवार्य रुपमा पिउनुपर्छ। जसले गर्दा ब्लड सुगर नियन्त्रण गर्न टेवा पुग्छ।

मधुमेहका बिरामीले अन्डा, माछा, चिकेन, दाल र पनिर जस्ता हाई प्रोटिन युक्त खानेकुरा खान सक्छन्। यस्ता खानेकुराले ब्लड सुगरको लेवललाई नियन्त्रित गर्छन्। मधुमेहका बिरामीले राजमा, सेतो मुङको ताल पनि खान सक्छन्।

अमला खानु पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। झनै मधुमेहका बिरामीका लागि त यो अमृत समान नै हो। यसले ब्लड सुगरको मात्रा नियन्त्रणमा राख्छ।

प्रकाशित: Apr 12, 2021| 01:34 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्