मंगलबार, साउन १९, २०८३

वीरेन्द्रनगरका विद्यालयमा खेलकुदका गतिविधि बन्द

सुर्खेतको वीरेन्द्रनगरका विद्यालयहरुमा अबदेखि हाफछुट्टी (टिफिन समय) र खेलकुदका गतिविधिहरु बन्द हुने भएका छन्।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरका विद्यालयहरुमा अबदेखि हाफछुट्टी (टिफिन समय) र खेलकुदका गतिविधिहरु बन्द हुने भएका छन्।

कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै सोमबार (भोलि) देखि लागू हुने गरी हाफछुट्टी र खेलकुदका गतिविधिहरु बन्द गरिएको नगरपालिकाका उपसचिव ललित सिंहले जानकारी दिए।

त्यस्तै नगरभित्र कोरोना संक्रमणको जोखिम कम नहुँदासम्म भौतिक दूरी कायम गरेर विद्यालयमा पठन–पाठन गराउनुपर्ने, मास्क तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न गराउन सबै विद्यालयहरुलाई निर्देशन दिएको छ।

दुई हप्तादेखि सुर्खेतमा कोरोनाको संक्रमण उच्च भएको छ। हाल सुर्खेतका ३३ संक्रमितमध्ये वीरेन्द्रनगरका मात्रै ३१ जना छन्।

प्रकाशित: Apr 11, 2021| 13:33 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्