मंगलबार, चैत १०, २०८२

तिलोत्तमा नगरपालिकाले दियो सामुदायिक विद्यालयलाई बस

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरभित्रका ५ सामुदायिक विद्यालयलाई बस प्रदान गरेको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरभित्रका ५ सामुदायिक विद्यालयलाई बस प्रदान गरेको छ।

National life

शिक्षामा लगानी गर्दै सामुदायिक विद्यालयको विकासमा लागेको तिलोत्तमाले विद्यार्थीको सहजताका लागि सामुदायिक विद्यालयलाई बस प्रदान गरेको हो। सोमबार नगरपालिकाले तिलोत्तमा नगरका पशुपति माध्यमिक विद्यालय, शिवपुर माध्यमिक विद्यालय, जनजागृति माध्यमिक बिद्यालय, जनता माध्यमिक विद्यालय र जनभावना माध्यमिक विद्यालयलाई बस प्रदान गरेको हो।

कोटिहवामास्थित पुजन अटोमोबाईल्स प्रालिले एसएमएल ईसुजु कम्पनीको ५ वटा बस विद्यालयहरुलाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ। तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले बसको साँचो विद्यालयलाई हस्तान्तरण गर्दै सामुदायिक विद्यालयको विकासमा लागिपर्ने बताए।

उनले दैलो अगाडिबाटै संस्थागत बिद्यालयहरुले बसबाट विद्यार्थी बाकेको देख्दा अभिभावकलाई आफ्ना बालबालिका पनि बसबाट विद्यालय जान पाउन भन्ने चाहना राखेकाले स्थानीय सरकारले अभिभाकत्व निर्वाह गरेको नगरप्रमुख घिमिरेले बताए। नगरपालिकाले भौतिक पूर्वाधारमा मात्र नभई शिक्षाको गुणस्तर बढाउन पर्याप्त लगानी गर्ने उनले प्रतिबद्धता जनाए। 

कम्पनीका अध्यक्ष डोलराज बस्यालले नेपाल सरकारको कर र भन्सार महसुल छुट गरी प्रति बस २० लाख ९५ हजार रुपैयाँमा विद्यालयलाई प्रदान गरिएको जानकारी दिए। 

Laxmi sunrise bank
kumari

तिलोत्तमा नगरपालिकाले विगत वर्षहरुदेखि नै शिक्षा क्षेत्रमा लगानी बढाउदै आएकोमा यस आर्थिक वर्षमा ६ वटा विद्यालयलाई बस प्रदान गर्न रकम छुट्टयाइएको तिलोत्तमा नगरपालिकाका उपसचिव गंगाराम आचार्यले बताए। एक विद्यालयको लागि १० लाख रुपैयाँ अनुदानमा दिई बाँकी रकम विद्यालयले नै व्यवस्थापन गर्ने गरी बस खरिद गरिएको उनले बताए। 

बस बुझ्न आएका शिवपुर माध्यमिक विद्यालयका सहायक प्रधान अध्यापक केशवराज भण्डारीले बस सेवाले विद्यार्थीहरु विद्यलाय आउन थप उत्साहित हुने दाबी गरे। तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले आफ्नो पारिश्रमिक बापतको रकमसमेत छात्रबृत्तिमा खर्च गर्दै आएका छन्। विद्यालयको कलरकोड समेत तय गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको गुणस्तर र भौतिक पूर्वाधार विकासलाई सँगसँगै अघि बढाएको प्रवक्ता सुरेन्द्र श्रीले बताए।

प्रकाशित: Apr 11, 2021| 13:25 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्