शुक्रबार, कात्तिक २८, २०८२

फिल्म सुटिङ हुने अमिताभको त्यो घर

अमिताभ बच्चन सधै खुशी नै रहन्छन्। बलिउडमा उनको चर्चा कहिले कम भएन। उनी जति चर्चामा हरन्छन् त्यत्ति सक्रिय पनि।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

अमिताभ बच्चन सधै खुशी नै रहन्छन्। बलिउडमा उनको चर्चा कहिले कम भएन। उनी जति चर्चामा हरन्छन् त्यत्ति सक्रिय पनि।

National life

उनी सामाजिक सञ्जालहरूमा पनि उत्तिकै सक्रिय छन्। केहि दिन पहिले श्रीमति जया बचनलाई उनले थुप्रै सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका थिए।

केही महत्वपूर्ण जानकारी पनि अमिताभले सामाजिक सञ्जालबाट दिने गरेका छन्। उनको कमेडी फिल्म 'चुपके चुपके' रिलिज भएको ४६ वर्ष पुगेको छ।

उनले सोही तस्बिरलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै एउटा नयाँ कुराको खुलासा गरेका छन्। 'ऋषिकेश मुखर्जीले बनाएको यो फिल्म ४६ वर्ष पुगेको छ। तस्बिरमा देखिएको घर निर्माता एनसी सिप्पीको हो। हामीले यो घर किनेका थियौं। केही समयपछि बेचिदिएका थियौं। फेरि सोही घर किनेर पुनर्निर्माण गराएका थियौं', उनले लेखेका छन्, 'यो हाम्रो घर हो। र, यहाँ थुप्रै फिल्मको सुटिङ भएको छ। आनन्द, नमक हराम, चुपके चुपके, सत्ते पे सत्ता जस्ता थुप्रै फिल्मको सुटिङ भएको छ।'

चुपके चुपके १९७५ मा रिलिज भएको थियो। धर्मेन्द्र, शर्मिला ट्यागोर, अमिताभ बच्चन, जया बच्चन, असरानी, ओम प्रकाश जस्ता कलाकारको भूमिकाले बक्स अफिसमा यो फिल्मले नयाँ किर्तिमान रचेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 11, 2021| 06:47 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्