आइतबार, साउन १०, २०८३

इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प, ६ जनाको मृत्यु

राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीका अनुसार पराकम्पनबाट हुने क्षति कम गर्न जाभाका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

जकार्ता- इन्डोनेसियाको जाभा टापूको तटीय क्षेत्रमा शनिबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। अमेरिकी भौगर्भिक विभागका अनुसार जाभा टापूको तटीय क्षेत्रमा ६ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पमा परी कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू सङ्कलन भइरहेको सरकारी अधिकारीले बताएका छन्। 

राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीका अनुसार पराकम्पनबाट हुने क्षति कम गर्न जाभाका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।

'भूकम्पमा अहिलेसम्म ६ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ। भूकम्पपछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरी सुरक्षित स्थानमा राखिएको छ,' उनले भने। -रासस/एएफपी

प्रकाशित: Apr 10, 2021| 13:57 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।