मंगलबार, असोज १, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एमाले विवादकाे सिकारमा कर्णालीका वामपन्थी पत्रकार, लोकतान्त्रिक समूहलाई फाइदैफाइदा !

एमाले विवादकाे सिकारमा कर्णालीका वामपन्थी पत्रकार, लोकतान्त्रिक समूहलाई फाइदैफाइदा !

एमालेभित्रको आन्तरिक लडाइँको सिकार बने चौतारीका पत्रकार। जसको प्रत्यक्ष फाइदा लोकतान्त्रिक समूह अर्थात् नेपाल प्रेस युनियनले लियो।
 |  शनिबार, चैत २८, २०७७
nespernesper

देव राना

देव राना

शनिबार, चैत २८, २०७७

सुर्खेत- मीना बुढाथोकी र सन्तोष घर्ती एमाले निकट प्रेस चौतारी सल्यानका पत्रकार हुन्। उनीहरु झन्डै एक दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । जिल्लामा प्रेस चौतारीमा आस्थावान् पत्रकारहरुको सम्मानजनक उपस्थिति छ।

triton college

पत्रकार महासंघ सल्यान शाखामा चौतारीले निर्णायक भूमिका खेल्न सक्छ। किनकि महासंघमा कुल ९२ मध्ये चौतारीका ३४ मतदाता छन्। तर यस पटकको निर्वाचनमा भने चौतारीका लागि निर्णायक भूमिका भएन।

जिल्ला अध्यक्ष पदका उम्मेदवार बुढाथोकी र कर्णाली प्रदेश समावेशी सचिवका उम्मेदवार घर्तीले उल्टै पराजय बेहोरे। पराजयको एउटै कारण एमालेका नेताहरुको बलमिच्याइँ थियो। 

केन्द्रमा जस्तै जिल्लामा पनि चौतारीमा केपी शर्मा ओली समूहको नेतृत्व घर्ती र माधव नेपाल समूहको नेतृत्व बुढाथोकीले गर्छिन्। 

जिल्लामा एमालेका प्रभावशाली नेताहरु प्रकाश ज्वाला र गुलाबजंग शाहको ठूलो आन्तरिक द्वन्द्व छ। नेपाल समूहका नेता ज्वाला र ओली समूहका नेता शाहकै कारण जिल्लामा चौतारी पनि दुई भागमा विभाजित छ। 

Metro Mart
vianet

यही कारण महासंघको हरेक निर्वाचनमा चौतारीलाई निर्णाय भूमिका उभ्याउने घर्ती र बुढाथोकी आफैं पराजयको सिकार बनेका हुन्। 

प्रदेशमा घर्ती र जिल्लामा बुढाथोकीले फरक–फरक समूहबाट निर्वाचनमा होमिए। घर्तीले २५ मददाता रहेको कांग्रेस निकट नेपाल प्रेस युनियन र ९ जना मतदाता रहेको विप्लव निकट जनपत्रकार संगठनसँग चुनावी तालमेल गरे गर्दा बुढाथोकीले २५ मतदाता रहेको माओवादी निकट प्रेस संगठनसँग चुनावी तालमेल गरिन्। 

बुढाथोकी चौतारीका २३ र प्रेस संगठनका २५ मत ल्याएर चुनाव जित्ने आसमा थिइन्। तर निर्वाचनको मत परिणाम सोचे जस्तो भएन। उनले एक मतले चुनाव हारिन्। अध्यक्षमा प्रेस युनियनबाट चुनावमा होमिएका नवीन पौडेलले ४४ मत ल्याएर विजयी हुँदा बुढाथोकीले ४३ मत मात्र ल्याइन्। 

चौतारीभित्रको आन्तरिक लडाइँको फाइदा नेपाल प्रेस युनियनले लियो। झन्डै एक दशकपछि महासंघको नेतृत्व प्रेस युनियनको हातमा पर्‍यो।

चुनाव जितेपछि प्रमाणपत्र लिँदै पत्रकार महासंघ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसी।

त्यस्तै रुकुम पश्चिममा एक दशकपछि प्रेस युनियनले नेतृत्व हात पारेको छ। माओवादीले आधार इलाका ठान्ने रुकुममा लोकतान्त्रिक समूहको युनियनले कम्युनिस्टका पत्रकारलाई हराएको हो। 

कम्युनिस्ट पत्रकाहरु एकजुट हुन सकेनन्। कुल १२३ मध्ये ३३ मतदाता रहेको युनियनले विजय हासिल गर्‍यो। युनियनबाट चुनावमा होमिएका लक्ष्मण केसीले ६० मत ल्याएर अध्यक्षमा विजयी भए। 

उनका प्रत्यासी प्रेस संगठनका हरि गौतमले ४७ मत ल्याए। गौतमलाई प्रेस सेन्टरको ५८ मध्ये एक जनाले दिएनन्।

रुकुमपश्चिम र सल्यान मात्रै होइन। कर्णालीका सबै जिल्लामा कम्युनिस्ट पत्रकाहरु नेताको बल मिच्याइँमा परे। एमालेभित्रको आन्तरिक लडाइँको सिकार बने चौतारीका पत्रकार। जसको प्रत्यक्ष फाइदा लोकतान्त्रिक समूह अर्थात् नेपाल प्रेस युनियनले लियो।

कर्णालीका दस सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट, हुम्ला र मुगुमा युनियनले नेतृत्व हात परेको छ।

सुर्खेतमा ललित बसेल, सल्यानमा नवीन पौडेल, रुकुमपश्चिममा लक्ष्मण केसी, जाजरकोटमा बालकुमार शर्मा, हुम्लामा राजन रावत र मुगुमा नृपेन्द्रबहादुर मल्ल अध्यक्ष निर्वाचित भए।

त्यस्तै माधव नेपाल समूहको चौतारीले दैलेख, ओली समूहको चौतारीले कालिकोट र मुगु र माओवादी निकट प्रेस संगठनले जुम्लामा नेतृत्व लिएको छ।

पत्रकार महासंघकाे अध्यक्षमा विजयी भएपछि खुसी साट्दै हुम्लाका राजन रावत।

दैलेखमा यज्ञराज थापा, कालिकोटमा भरतराज विष्ट, डोल्पामा सरोज थापा र जुम्लामा नेत्रबहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन्।

जिल्लामा मात्रै होइन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिमा युनियनकै सम्मानजनक उपस्थिति छ। 

प्रदेश अध्यक्षमा प्रेस संगठनका देवीराम देवकोटा निर्वाचित हुँदा उपाध्यक्षमा नेपाल समूहको चौतारीका चक्र केसी, महिला उपाध्यक्षमा प्रेस युनियनकी विमला खड्का, महासचिवमा युनियनकै खगेन्द्रप्रसाद भट्टराई खुला सचिवमा नेपाल समूहको चौतारीका दीपक बुढा, समावेशी सचिवमा युनियनकै अशोक राजी र कोषाध्यक्षमा प्रेस संगठनका गणेशकञ्चन भारती निर्वाचित भएका छन्।  प्रदेश सदस्यमा पनि युनियनकै वर्चस्व छ।
 

प्रकाशित: Apr 10, 2021| 04:41 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।