बिहीबार, असार ११, २०८३

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

 |  शुक्रबार, मंसिर १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०८२
National life
Shivam cement

झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा  अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो। 

गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो। यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो।

प्रकाशित: Nov 28, 2025| 13:29 शुक्रबार, मंसिर १२, २०८२
प्रतिक्रिया दिनुहोस्