बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरे कडा कारवाही : प्रशासन

निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरे कडा कारवाही : प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निषेध आदेश कायम रहेको भन्दै निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएमा कानुन बमोजिम कडा कारवाही गरिने जनाएको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निषेध आदेश कायम रहेको भन्दै निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएमा कानुन बमोजिम कडा कारवाही गरिने जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड विपरीत कुनै पनि गतिविधि नगर्न–नगराउन आग्रह गरेका छन्।  

पछिल्लो केही दिनदेखि काठमाडौ उपत्यकालगायत जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च हुँदै गएको, अस्पतालहरुमा भेन्टिलेटर, आईसीयू र आकस्मिक सेवाका वेडहरुमा बिरामीहरुको चाप बढ्दै गएको अवस्था भएकोले कोरोनाको संक्रमण दर घटाउनुमा सबै पक्ष र समुदायको उति्तकै जिम्मेवारी र भूमिका रहने सूचनामा उल्लेख छ।

संक्रमणको जोखिम उच्च रहेको अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड–१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्न–नगराउन प्रशासनले सबै पक्षलाई सूचित गरेको छ।


प्रकाशित: Aug 03, 2021| 14:51 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।