काठमाडौं- बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान प्रिन्स फिलिपको निधन भएको छ।
बेलायतका बकिंघम दरबारमा उनको ९९ वर्षको उमेरमा निधन भएको हो। प्रिन्स फिलिप र राजकुमारी एलिजाबेथको बिहे सन् १९४७ मा भएको थियो।
त्यसको ५ वर्षपछि १९५२ मा एलिजाबेथ महारानी बनेकी थिइन्।
बकिंघमा प्यालेसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निकै पीडाका साथ महारानीले आफ्ना पति हिज रोयल हाइनेस द प्रिन्स फिलिप, ड्युक अफ एडिनबराको निधनको घोषणा गर्नुभएको छ। प्रिन्स फिलिपले विन्डसर क्यालेसमा आज (शुक्रबार) बिहान अन्तिम श्वास लिनु भएको छ।’