आइतबार, असार २८, २०८३

प्रधानमन्त्री कपमा आर्मीको जीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा आर्मी विजयी भएको छ भने, पुलिस र प्रदेश ६ ले एक एक अंक बाँडेका छन् । 

पहिलो खेलमा त्रिभुवन आर्मीले प्रदेश १ लाई १०६ रन अन्तरले पराजित गर्‍यो । कीर्तिपुर किकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा २२५ रन बनायो । 

आर्मीका लागि कप्तान विनोद भन्डारीले विष्फोटक ब्याटिङ गर्दै २९ बलमा ६४ रनको पारी खेले । आर्मीलाइ सम्मानजनक स्कोर सम्म पुर्‍याउन अनिल मण्डललले ३६, नरेश बुढायेरले ३२ र विक्रम सोबले १६ रनको योगदान गरे । 

बलिङ तर्फ प्रदेश १ का मनोज तामाङले ९ओवरमा ३९ रन खर्चेर ३ विकेट लिए । फिर्दोस अन्सारी र मिनाश थापाले समान २/२ विकेट लिए । २२६ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २९ दशमलव ३ ओवरमा सबै विकेट गुमाएर ११९ रन मात्र वनाउन सक्यो । 

प्रदेश १ का लागि कप्तान पुष्प थापाले सर्वाधिक ५९ रन बनाए । अन्य खेलाडि क्रिजमा जम्न नसक्दा आर्मीको जित सहज बनेको हो । 

प्रदेश १ का दुइ खेलाडि बाहेक अन्य खेलाडिले दोहोरो अंक छुन सकेनन् । आर्मिका लागि सुसान भारीले ४ विकेट हात पारे भने सोमपाल कामि, विक्रम सोव र सागर पुनले समान २/२ विकेट लिए । 

मुलपानि क्रिकेट मैदानमा हुने भनिएको दोस्रो खेल वर्षका कारण रोकिँदा नेपाल प्रहरी र प्रदेश नम्बर ६ ले समान एक एक अंक बाँडेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।