बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियामा भोकमरीको चेतावनी, 'कठिन' अवस्थाको पूर्वतयारी गर्न किमको निर्देशन

उत्तर कोरियामा भोकमरीको चेतावनी, 'कठिन' अवस्थाको पूर्वतयारी गर्न किमको निर्देशन

बिहीबार पार्टीको एक सम्मेलनमा नेता किमले सन् १९९० को दशकमा उत्तर कोरियाले सामना गरेको भोकमरी जस्तै कठिन अवस्था आउन सक्ने भन्दै त्यसको तयारी गर्न निर्देशन दिएका हुन्। 
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

प्योङयाङ (उत्तर कोरिया)- उत्तर कोरियाली नेता किम जोङ उनले कठिन अवस्थाको सामाना गर्ने तयारी गर्न सबै नागरिकहरूलाई निर्देशन दिएका छन्। मानव अधिकारवादी संस्थाहरूले खाद्यान्न संकट र आर्थिक अस्थिरताको चेतावनी दिएपछि नेता किमले यस्तो निर्देशन दिएका हुन्। 

National life

बिहीबार पार्टीको एक सम्मेलनमा नेता किमले सन् १९९० को दशकमा उत्तर कोरियाले सामना गरेको भोकमरी जस्तै कठिन अवस्था आउन सक्ने भन्दै त्यसको तयारी गर्न निर्देशन दिएका हुन्। 

नेता किमले निकै ठूलो संकट आइपर्न सक्ने संकेत गर्दै 'आर्डोस मार्च' भनेका थिए। सन् १९९० को दशक भोकमरीबाट उन्मुक्ति पाउन उत्तर कोरियाले गरेको संघर्षलाई त्यहाँका अधिकारीहरूले 'आर्डोस मार्च' भन्ने गरेका छन्। उक्त भोकमरीका कारण करिब ३० लाख नागरिकको ज्यान गएको आकलन गरिएको थियो। 

'करिब २ महिनायता चीनबाट उत्तर कोरियामा खाद्यान्न निकै कम मात्रामा गएको छ,' हालै प्रकाशित एक प्रतिवेदनलाई उद्धृत गर्दै ह्युमेन राइट वाचकी अध्ययनकर्ता लिना यूनले भनेकी छन्, 'उत्तर कोरियामा माग्नेहरूको संख्या बढेको छ। सीमा क्षेत्रका धेरै मानिस खान नपाएरै मरेका छन्। त्यहाँ साबुन छैन। टुथपेस्ट छैन। ब्याट्री छैन।' 

उत्तर कोरियाली मानव अधिकारवादी संस्थाका लागि राष्ट्रसंघका विशेष प्रतिनिधि थोमस क्विन्टानाले एक प्रतिवेदनमा उत्तर कोरियामा ठूलो खाद्य संकट आउन सक्ने चेतावनी दिएका थिए।

Laxmi sunrise bank
kumari

उत्तर कोरियाले ठूलो रकम सैन्य सुरक्षामा खर्च गर्दै आएको छ। यसका साथै विभिन्न देशले लगाएको आर्थिक नाकाबन्दीका कारण पनि उत्तर कोरिया समस्यामा छ। कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै उसले गरेको सीमाबन्दीले पनि समस्या निम्त्याएको विश्लेषण गरिएको छ। सन् २०२० को सुरुदेखि नै चीनसँगको व्यापारिक सम्बन्ध लगभग रोकिएको अवस्थामा छ। 

सीमा-नाका बन्द गरिएका कारण देशमा कोरोना महामारी फैलन नपाएको उत्तर कोरियाको दाबी छ। विश्लेषकहरूले उत्तर कोरियाको दाबीमाथि भने शंका व्यक्त गर्दै आएका छन्। 
 

प्रकाशित: Apr 09, 2021| 07:23 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।