बिहीबार, फागुन २८, २०८२

म्यानमारमा सैनिकसँगको झडपमा थप ११ जनाको मृत्यु

म्यानमारमा सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा बिहीबार ११ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

एजेन्सी- म्यानमारमा सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा बिहीबार ११ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यहरुका अनुसार म्यानमारको एक उत्तरी सहरमा सैनिकसँग झडप भएको थियो।

National life

बुधबार टेज सहरमा प्रदर्शनकारीलाई रोक्न सैन्य सरकारले ६ ट्रक सैनिक उतारेको थियो।
प्रदर्शनकारीले सैनिकसँग भिड्न बन्दुक, चक्क तथा फायरबम प्रयोग गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अलजजिराले समाचार प्रकाशित गरेको छ। स्थानीयले घरेलु हतियार प्रयोग गरेपछि थप ५ ट्रक सैनिक टेज सहरमा झारिएको थियो।

बुधबारदेखि बिहीबारसम्म लगातार झडपहरु भएको जनाइएको छ। बिहीबारसम्म ११ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ।

सैनिकतर्फ भने कुनै क्षति भएको विवरण सार्वजनिक गरिएको छैन।
म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैन्य कुपछि हालसम्म जारी प्रदर्शनमा झण्डै ६ सय सर्वसाधारण मारिएका छन्।

प्रकाशित: Apr 08, 2021| 11:07 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।