काठमाडौं- कोरोना संक्रमण पुनः बढेको भन्दै काठमाडौं विश्वविद्यालयले स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङमा भौतिक कक्षा संचालन बन्द गरेको छ। विश्वविद्यालयमा उपस्थित भएर भौतिक रूपमा पठनपाठन सञ्चालन गर्न जोखिम हुने भएकाले भौतिक कक्षा संचालन बन्द गर्नु परेको विश्वविद्यालयले जनाएको हाे। अब अनलाइनमार्फत् कक्षा संचालन गरिने विश्वविद्यालयले उल्लेख गरेको छ।
'विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाई भएकोले क्षति न्यूनीकरण गर्ने उद्देश्यले २०७७ चैत्र २६ देखि २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङअन्तर्गतका सम्पूर्ण कार्यक्रमको पठनपाठन अनलाइनमार्फत् गर्ने निर्णय गरिएको' विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
उक्त अवधिमा स्कुल तथा विभागीय प्रशासन भने संचालन भइरहने विश्वविद्यालयले जानकारी गराएको छ। यसका साथै अनुसन्धान तथा प्रोजेक्टका कार्य सम्बन्धित प्रमुखहरुको निर्णयबमोजिम हुने सूचनामा उल्लेख छ।
