आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नै नेतृत्वमा सरकार बनाउन कर्णाली सरकारबाट बाहिरियो एमाले

आफ्नै नेतृत्वमा सरकार बनाउन कर्णाली सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

सुर्खेत– कर्णाली प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा बुझाएका उनीहरुले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन्।

माओवादी नेतृत्वको सरकार ढालेर कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनाउन मन्त्रीहरुले राजीनामा दिएका हुन्। मुख्यमन्त्रीका दाबेदारमा प्रकाश ज्वाला र यामलाल कँडेल छन्। 

अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि कर्णालीमा एमालेका सांसदहरुले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका हुन्। एमालेको नेतृत्वमा सरकार गठन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षका सांसदहरु एकमत छन्।

४० सदस्यीय कर्णाली प्रदेशमा सभामुखसहित एमालेका २० जना सांसद छन्। धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रमा १३ सांसद छन्।

नेपाली कांग्रेसका ६ र राप्रपा नेपालका एक जना सांसद छन्। एक जना सांसदको समर्थनमा कर्णालीमा एमालेले सरकार गठन गर्नसक्छ।
 

प्रकाशित: Apr 06, 2021| 07:20 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।