शनिबार, असोज १०, २०८३

काठमाडौंमा कहिले लगाइँदैछ कोरोना खोपको दोस्रो डोज?

माघ १४ देखि फागुन १० सम्म खोपको पहिलो मात्रा लगाएकाहरूका लागि दोस्रो डोज लगाउने मिति निर्धारण गरिएको हो। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं-  स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउने कार्यतालिका सार्वजनिक गरेको छ। कार्यालयले २०७८ वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज लगाउने कार्यतालिका सार्वजनिक गरेको हो। 

माघ १४ देखि फागुन १० सम्म खोपको पहिलो मात्रा लगाएकाहरूका लागि दोस्रो डोज लगाउने मिति निर्धारण गरिएको हो। 

पहिलो डोज लगाएको केन्द्रमा नै दोस्रो डोज पनि दिन लागिएको कार्यालयले जानकारी दिएको छ। 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने निर्णय गरेको थियो।

कसको पालो कहिले?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरुले वैशाख ७ गते। 

माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुले वैशाख ८ गते।

माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुले वैशाख ९ गते।

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० गते।

माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरुले वैशाख ११ गते।

No description available.

प्रकाशित: Apr 06, 2021| 03:01 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्