बिहीबार, फागुन २८, २०८२

नाइजेरियाका जेलबाट एकैपटक भागे १८ सय कैदी

नाइजेरियाको एक जेलबाट १८ सय भन्दा बढी कैदी भागेका छन्। जेल प्रशासनको प्रशासनिक भवनमा हतियारधारीले आक्रमण गरेपछि १ हजार ८ सय ४४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले जानकारी दिएको छ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

अम्बुजा (नाइजेरिया)- नाइजेरियाको दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलबाट १८ सयभन्दा बढी कैदी भागेका छन्। जेल प्रशासनको प्रशासनिक भवनमा हतियारधारीको आक्रमणपछि १ हजार ८ सय ४४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले जानकारी दिएको छ। 

National life

नाइजेरियाको दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलबाट कैदी भागेका हुन्। भागेकामध्ये ६ कैदी फर्किएर आएको र ३५ जना भने नभागेको बताइएको छ। 

प्रतिबन्धित समूह इन्डिजिनियस पिपल अफ बाइअफ्राले जेल प्रशासनमा आक्रमण गरी कैदी भगाएको आरोप लगाइएको छ। तर बाइअफ्राले भने आफूहरूले आक्रमण नगरिएको दाबी गरेको छ। 

सोमबार ओवेरी जेलमा हतियारधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए। उनीहरू बस, ट्रक, पिकअपमा आएका थिए। 

मेसिन गन, ग्रिनेड र विस्फोटक पदार्थसहित आक्रमण भएको त्यहाँको प्रहरीले बताएको छ। 

Laxmi sunrise bank
kumari

राष्ट्रपति महाम्मादु बुहारीले आक्रमणलाई आतंकको संज्ञा दिएका छन्। 

जनवरीदेखि नै दक्षिण-पूर्वी नाइजेरियाका पुलिस स्टेसन र सवारीसाधनमा आक्रमण हुँदै आएको थियो।  

प्रकाशित: Apr 06, 2021| 02:39 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।