आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेशमा समानान्तर कमिटी गठन गर्दै नेपाल समूह 

बागमती प्रदेशमा समानान्तर कमिटी गठन गर्दै नेपाल समूह 

नेकपा (एमाले) को माधव नेपाल झलनाथ खनाल पक्षले पार्टीमा समानान्तर संरचना गठनमा तिव्रता दिएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- नेकपा (एमाले) को माधव नेपाल झलनाथ खनाल पक्षले पार्टीमा समानान्तर संरचना गठनमा तिव्रता दिएको छ।

अध्यक्ष केपी ओलीका निर्णयप्रति असन्तुष्ट रहँदै आएको उक्त समूहले आज मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ।

दुई दिन अघिमात्रै नेपाल खनाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो। वसन्त मानन्धरको नेतृत्वमा गठित कमिटीमा २५० जना छन्।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ। 

यसअघि नै उक्त समूहले विभिन्न जिल्ला र भ्रातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ।

संस्थापन समूहले भने समानान्तर कमिटीमा बस्नेलाई कारबाही हुन सक्ने बताएको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताए। 

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि उनले बताए।  उनले भने, ‘समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य छैन।’

प्रकाशित: Apr 06, 2021| 01:37 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।