काठमाडाैं- पूर्वी नेपालमा भूकम्पकाे धक्का महसुस गरिएको छ।
साेमबार राति ९ बजेर ४ मिनेटमा ५.४ म्याग्निच्युडको भूकम्प गएको नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानरकारी दिएको छ।
माेरङ, सुनसरी संखुवासभासहित प्रदेश १ का अधिकांश जिल्लामा भूकम्पको महसुस गरिएको थियो।
सिक्किमको राजधानी गान्तोकबाट २५ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा केन्द्रबिन्दु रहेको बताइको छ।
भारतका बंगाल, विहार र असमलगायतका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको थियो।