आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण एसियामा थप दुई लाख ३९ हजार बाल तथा मातृ मृत्यु : राष्ट्रसंघ

दक्षिण एसियामा थप दुई लाख ३९ हजार बाल तथा मातृ मृत्यु : राष्ट्रसंघ

दक्षिण एसियामा कोभिड–१९ का कारण करिब दुई लाख २८ हजार थप बाल मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले गरेकाे छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं- दक्षिण एसियामा कोभिड–१९ का कारण करिब दुई लाख २८ हजार थप बाल मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले गरेकाे छ।

युनिसेफका अनुसार यस क्रममा ११ हजार मातृ मृत्यु भएको छ। 

कोभिड–१९ नियन्त्रणका क्रममा दक्षिण एसियामा महामारी कारण थुप्रै स्वास्थ्य संस्था बन्द हुनुका साथै स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम पनि अवरुद्ध भएका छन्। २०२० को अन्त्यसम्ममा यस क्षेत्रमा एक करोड १० लाख कोभिड–१९ बिरामी देखिएका थिए।    

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को सहकार्यमा युनिसेफले तयार पारेको उक्त प्रतिवेदनमा स्वास्थ्य सेवामा भएका गम्भीर अवरोधका उदाहरणहरू प्रस्तुत गरिएको छ। 

ती उदाहरणमा नेपाल र बंगलादेशमा चरम प्रकारको कुपोषणसम्बन्धी सेवा प्राप्त गरिरहेका बालबालिकाको संख्या ८० प्रतिशतले घटेको तथा भारत र पाकिस्तानमा खोप प्राप्त गर्ने बालबालिकाको संख्यामा व्यापक आएको छ।   

'यी अत्यावश्यक सेवामा आएको कमीले चरम गरिबीमा बाँचिरहेका परिवारको स्वास्थ्य र पोषणमा अत्यन्तै ठूलो प्रभाव पारेको छ,̕ दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लार्येए–जेईले भने। 

गर्भवती महिला, किशोर–किशोरी तथा शिशुका लागि स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्न आह्वान गर्दै  प्रतिवेदनले खोपका साथै उनीहरूका लागि अत्यावश्यक औषधि ढुवानीका लागि आपूर्ति सन्जाललाई सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ।  
'अत्यावश्यक स्वास्थ्य सेवा राख्नु विश्व स्वास्थ्य संगठनको कोभिड–१९ विरुद्धको प्रतिकार्य अन्तर्गतको महत्वपूर्ण रणनीति हो,̕ दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनिन्।

उनका अनुसार यस्ता अवरोधले रोकथामबाट बच्न सकिने रोगकै कारणले समेत मानिसले ज्यान गुमाउने जोखिम बढ्ने हुँदा यस क्षेत्रका देश त्यस प्रकारका सेवा पुनः स्थापनाका लागि कार्यरत छन्।

महामारी नियन्त्रणका लागि लागू गरिएका सावधानीका उपायका कारण दक्षिण एसियामा करिब ४२ करोड बालबालिका विद्यालय जानबाट वन्चित भएका छन्।  

तीमध्ये ४५ लाख बालिका तथा किशोरी फेरि कहिल्यै पनि विद्यालय नजाने जोखिममा रहेको चेतावनी युनिसेफले दिएको छ। 

'दक्षिण एसियाको सांस्कृतिक एवं सामाजिक परिवेश हेर्दा यी अत्यावश्यक सेवामा आएको अवरोधले असमानता बढाएको र मातृ तथा नवजात शिशु मृत्युको संख्यामा वृद्धि गराएको हुन सक्छ,’ एसिया प्रशान्त क्षेत्रका लागि यूएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एन्डरसनले भने।

उनका अनुसार यस क्षेत्रमा थप ३५ लाख महिलाले अनिच्छित गर्भधारण भोग्न सक्ने सम्भावना छ।

दक्षिण एसियामा सबैभन्दा धेरै जनसंख्या भएका ६ देश (अफगानिस्तान, बंगलादेश, नेपाल, भारत, पाकिस्तान र श्रीलंका) मा केन्द्रित रहँदै प्रतिवेदनले महामारीका कारण बेरोजगारी, गरिबी तथा खाद्य असुरक्षामा वृद्धि हुन पुगेकाले जनस्वास्थ्यको महत्त्वतर्फ कम ध्यान गएको उल्लेख गरेको छ।    

चरम गरिबीमा रहेका परिवारका लागि नगद सहयोग गर्न आह्वान गर्दै प्रतिवेदनले महामारी सुरुसँगै विभिन्न देशले घोषणा गरेका सामाजिक सुरक्षा कार्यक्रमको प्रशंसा गरेको छ। 

प्रकाशित: Apr 05, 2021| 11:22 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।