आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैज्ञानिकहरुलाई ओलीले भने- सन्तोष मानेर नबस्नुस्, आविष्कार गर्नोस्

वैज्ञानिकहरुलाई ओलीले भने- सन्तोष मानेर नबस्नुस्, आविष्कार गर्नोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानका काममा लाग्न आग्रह गरेका छन्।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानका काममा लाग्न आग्रह गरेका छन्।

सोमबार सम्पन्न नास्टको ४४ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै नास्टका कुलपतिसमेत रहेका ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने बताए।
अहिलेसम्म हाम्रो गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको ओलीले बताए।

‘सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो। पहिले सरकारमा कसरी पुग्ने र पुगेपछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो’, उनले भने।
करिब १११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत गृह बनाउने देश अहिले पछाडि परेकोे उदाहरणसमेत प्रधानमन्त्रीले दिए। यसका साथै उनले वैज्ञानिकहरुलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नविर्सन पनि आग्रह गरे। यसबाट प्रेरणा लिँदै देशलाई हर क्षेत्रबाट अघि बढाउन ओलीले आह्वान गरे।

सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताए।
नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकी सँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशिल रहेको बताए। 

यसपटक नेपालको पहिलो भू उपग्रह नेपाली स्याट– १ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी  पनि उनले दिए।
निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको जानकारी पनि उनले दिए।

सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारहरुको समेत निर्णय गरेको छ। यस अनुसार डा.शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्दप्रसाद पोखरेल तथा नातिकाजी महर्जनलगायतका विज्ञान प्रविधि सम्बद्ध व्यक्तित्वहरुलाई पुरस्कृत गरिने छ। यसै गरी आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय सभाले गरेको छ।

प्रकाशित: Apr 05, 2021| 10:57 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।