आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा पनि ह्वात्तै बढ्यो कोरोना, आज थपिए २६६ संक्रमित

नेपालमा पनि ह्वात्तै बढ्यो कोरोना, आज थपिए २६६ संक्रमित

नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा साढे २ सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं- नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा साढे २ सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएकोमा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

केही समययता नेपालमा दिनका दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ। यो संख्या हिजोको भन्दा ९० ले बढी हो।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १०२ रहेको छ। हालसम्म २ लाख ७३ हजार ३४२ जना संक्रमितहरु संक्रमणमुक्त भइसकेको छन्। त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ छ। हालसम्म ३ हजार ३६ जना संक्रमितको मृत्यु भएको छ। 

संक्रमण बढ्नुमा स्वास्थ्यका मापदण्ड पालना नगर्नु रहेको विज्ञहरुले बताउँदै आएका छन्। 
पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमण बढेको र त्यहाँबाट आउनेजाने क्रम धेरै भएकाले अझै संक्रमण बढ्न सक्ने विज्ञहरु बताउँछन्।

प्रकाशित: Apr 05, 2021| 10:37 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।