आइतबार, वैशाख २७, २०८३

इन्डोनेसियामा बाढीबाट ७० भन्दा बढीको मृत्यु

इन्डोनेसियामा अचानक आएको बाढीबाट ७० जनाभन्दा बढीको मृत्यु भएको छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

एजेन्सी- इन्डोनेसियामा अचानक आएको बाढीबाट ७० जनाभन्दा बढीको मृत्यु भएको छ।

National life

मुसलधारे वर्षापछि पूर्वी टिमोर र इन्डोनेसियामा बाढी आएको थियो। बाढीसँगै पहिरो जाँदा हजारौँ घर नष्ट भएको अधिकारीहरुले जनाएका छन्।

पहिरो र बाढीका कारण अहिलेसम्म ७० जनाभन्दा बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
इन्डोनेसियाको फ्लोरेस द्वीपका कयौँ क्षेत्रमा पहिरो गएको छ। पहिरोका कारण एउटा बाँध भरिएर त्यसको माथिबाट बाढी निस्किएको अधिकारीहरुले जनाएका छन्।

त्यहाँ ७ वटा गाउँका हजारौँ घर बाढीले तहसनहस भएको बताइएको छ।
अधिकारीहरुका अनुसार ४० भन्दा बढी व्यक्ति बेपत्ता रहेकाले मृतकको आंकडा बढ्न सक्ने अनुमान गरिएको छ।

टेलिभिजनमा प्रसारित एक सन्देशमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बाढीमा मारिएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित: Apr 05, 2021| 08:48 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।