काठमाडौं– पूर्वमन्त्री एवम् एमाले नेता गोकुल बाँस्कोटाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर देखाउन माओवादी केन्द्रलाई चुनौती दिएका छन्।
उनले सोमबार संसद्मा सम्बोधन गर्दै माओवादी आफैंले अड्काएर विवाद गरिरहेको आरोप लगाए।
बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुपर्छ। फिर्ता लिनुस्, अर्को प्रक्रिया सुरु हुन्छ होला नि त। आफैं अड्काउने, आफैं पड्काउने? त्यो काम नगर्नुस्।’
उनले वर्तमान सरकार काम चलाउ नरहेको दाबी गरे। बस्नेतले भने, ‘के भनेको हो? कसरी हुन्छ? काम चलाउ? समर्थन आफू गर्ने, समर्थन फिर्ता लिन नसक्ने। अर्को सरकार बनाउन एजेन्डा प्रस्तुत गर्न नसक्ने। कसरी कामचलाउ भयो?’
विकास नगर्ने हो भने सांसद, मन्त्री र प्रधानमन्त्री नै हुन मात्रै हो राजनीति गरेको ठहरिने उनको भनाइ छ।
उनले भने, ‘हामी संसारसँगै हिँड्न चाहन्छौं। अन्य देशको प्रगति देखेर परिकल्पना गर्ने हो।’ उनले बाजुराको टुप्पोमा र हिमालको फेदीमा अहिलै रेल जान्छ भनेर कसैले भनेको पनि स्पष्ट पारे।
उनले भने, ‘३० वर्षअघि सन्त नेता किसुनजीले देखेको सपना ओलीले पूरा गर्दा किसुनजीप्रति सम्मान भएन होइन म उहाँलाई साधुवाद व्यक्त गर्छु।’
अहिले १६५ सडक बनाउँदा दुःख व्यक्त गर्नेलाई दुःखी आत्माको संज्ञा दिँदै उनले खेद व्यक्त गरे। बस्नेतले केही हेर्न सुन्न सकिन्न भने कानमा रुवा लगाउन र आँखामा साउने चस्मा लगाउन आग्रह गरे।
उनले भने, ‘प्रधानमन्त्रीले अघि सारेको विभिन्न पञ्चवर्षीय योजना र अन्य योजनाका काम अघि बढेको देखेर चिन्ता लागेको छ भने यो थप बढ्नेछ।’
बस्नेतले विकासलाई हेर्ने दृष्टिकोण बदल्न आग्रह गरे। उनले भने, ‘तथ्यांकमा खेलौं। आरोपमा केन्द्रित नहौं।’
केपी ओली नेतृत्वको सरकार बन्नुअघिसम्म नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रित रहेको उनको भनाइ छ। उनले भने, आज विकासको, बहुआयामिक विकासको एजेन्डा प्रस्तुत गर्दै सुखी देश र समृद्ध देश निर्माण गर्न र जनता हँसाउन यो सरकारले ध्यान दिएको छ।’
उनले प्रश्न गरे, ‘यस विषयमा खुसी व्यक्त गर्न सकिँदैन भने नेपालका राजनीतिक दलहरु के चाहन्छन्?’ बस्नेतले एजेन्डाविहीन नेतृत्वले मुलुकका लागि योगदान गर्न नसक्ने बताए। बाँस्कोटाले भने, ‘सामाजिक सञ्जाल, मिडियामा उठेका टिप्पणीलाई आधार मानेर विरोध गरेर कहीं पुग्न सक्दैन।’
उनले मुलुकलाई निकास दिन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको दाबी गरे। उनले भने, ‘मुलुकलाई निकास दिन नसक्ने हो भने ताजा जनादेशमा जानुपर्छ। प्रधानमन्त्रीले ठोस विश्लेषण गरेर संसद् विघटन गर्नुभएको थियो। त्यो कुनै प्रतिगमन थिएन।’
उनले को लोकप्रिय रहेछ भनेर बुझ्न जनताको बीचमा जानुपर्नेमा जोड दिए। बाँस्कोटाले भने, ‘चुनाव फोबिया भएका साथीहरु डराइहाल्ने।’