आइतबार, भदौ १४, २०८३

हामी उल्टो बाटो हिँडिरहेका छौं : सांसद लिंग्देन

राप्रपाका सांसद राजेन्द्र लिंग्देनले देश उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेका छन्।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं– राप्रपाका सांसद राजेन्द्र लिंग्देनले देश उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले भने, ‘हामी कहाँ जाने भनेर हिँडेको कहाँ पुग्यौं ?  बाटो उल्टो भयो भने हामीले पहिलैदेखि भनेका थियौ। हाम्रो स्वर सानो थियो, संख्या सानो थियो। आज हामी अस्थिरता र अनिश्चयको सामना गरिरहेका छौं। यो कुनै एक व्यक्ति र एक पार्टीको मात्र असफलता होइन, यो हाम्रो प्रणालीको असफलता हो।’ 

अहिलेकै अवस्थामा सरकार परिवर्तन र निर्वाचन जुन बाटोको अवलम्बन गरे पनि अस्थिरता, भ्रष्टाचार र वैदेशिक हस्तक्षेपको सामना गर्नुपर्ने उनले बताए। वर्तमान सरकारसँग धेरै कुराहरुमा विमति र असहमति भए पनि अहिले त्यसबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने उनको भनाइ छ।

‘गत वर्ष विखन्डनको कुरा गर्ने सिके राउत र यो वर्ष नेत्रविक्रम चन्दलाई राष्ट्रको मूल प्रवाहमा ल्याउने काम गरेको छ। सरकारलाई धन्यवाद। विखण्ड र विद्रोहको कुरा गर्ने राउत र चन्दलाई मात्रै होइन, अनेक लान्छाना लागे पनि शान्त रहेको राजसंस्थालाई स्थान दिएर राष्ट्रिय एकता कायम गरौं,’ उनले भने।

लिंग्देनले थपे, ‘देशलाई अशान्ति र अस्थितरतातर्फ लैजानबाट रोक्न राजसंस्थालाई पनि स्थान दिऔं। जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चुनौं। सांसद मन्त्री हुन नपाउने व्यवस्था गरौं। संसदलाई पूर्ण समानुपातिक बनाऔं।’

प्रकाशित: Apr 05, 2021| 08:33 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।