आइतबार, भदौ १४, २०८३

केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कँडेल 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा (एमाले)को अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा (एमाले)को अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आज सोमबारको बैठकको शून्य समयमा उनले ओलीले ०७४ सालको चुनावताका शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर भाषण गरेको सम्झिँदै भने, ‘एउटा पार्टीको नेताका अभिव्यक्ति हामीले सुन्यौं भने लाज लाग्छ। आफ्नै पार्टीका सहकर्मीलाई पन्छाउँदै अघि बढ्नुभएको छ केपी ओली। उहाँलाई कुर्सीको पीडा छ। जसरी उहाँले गोरखामा अभिव्यक्ति दिनुभएको थियो, त्यही शब्दमा भन्ने हो भने र यस्तै रह्यो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्।’ 

अहिलेको सरकार संविधानको धारा ७६ (१) अनुसार बनेको बताउँदै उनले धारा १०० को २ मा प्रधानमन्त्रीको दल विभाजित भएमा वा समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए।

‘आज ३० दिन भयो। हिजो एमालेले विश्वासको मत लिएको होइन। हामी अहिले एमाले चिन्दैनौं। अलिकति पनि उहाँमा जनमत छ, दलहरुको समर्थन छ भन्ने हो भने विश्वासको मत लिने कि नलिने ? दल विभाजित भएपछि विश्वासको मत लिनैपर्छ,’ उनले भने।

प्रकाशित: Apr 05, 2021| 08:25 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।