काठमाडौं– प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँच लाख रुपैयाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ प्रदान गरिने भएको छ।
‘नइ रजत महोत्सव’का अध्यक्ष वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाली समालोचनालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई एक युगकै केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेलेबापत त्रिपाठीलाई महासमालोचकको सम्मानसहित पाँच लाख रुपैयाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले सम्मान गर्ने निर्णय भएको नइ प्रकाशनले जनाएको छ।