काठमाडौं– भारतमा एकै दिन १ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ लाख ३ हजार ५५८ जना संक्रमित थपिएका हुन्।
त्यसैगरी २४ घण्टामा ४७८ जना संक्रमितको मृत्यु भएको छ।
हालसम्म भारतमा १ करोड २५ लाख ८९ हजारलाई कोरोना संक्रमण भइसकेको छ। यीमध्ये १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
अहिले पनि त्यहाँ ७ लाख ४१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।