मंगलबार, चैत १०, २०८२

यी फलको सेवनले तौल बढ्छ

फलको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। तर, फलको बारेमा जानकारी नभएको अवस्थामा अत्याधिक सेवन गर्दा तौल बढ्न सक्छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

फलको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। तर, फलको बारेमा जानकारी नभएको अवस्थामा अत्याधिक सेवन गर्दा तौल बढ्न सक्छ।

National life

यस्तो अवस्थामा तौल घट्नुको साटो बढ्न थाल्छ। र, स्वयम व्यक्तिलाई यस बारेमा जानकारी हुँदैन। जुन फलमा अत्याधिक मात्रामा कार्बोहाइड्रेड पाइन्छ ती फलले तौल बढाउँछन्।

केरा

दूधसँग केलाको सेवन गर्दा तौल बढ्छ। दूधमा प्रोटिन हुन्छ। र, केरामा कार्बोहाइड्रेड तथा सुगर हुन्छ। जसले गर्दा तौल बढ्न पुग्छ। 

तौल कम हुने मानिसले नियमित दूधसँग केराको सेवन गर्न सक्छन्। र, अत्याधिक तौल भएका मानिसलाई केरा नखान सुझाव दिने गरिन्छ। यस्तो अवस्थामा अत्याधिक शारीरिक व्यायम गरिएन भने स्वास्थ्यका लागि दाभदायक मानिन्न।

Laxmi sunrise bank
kumari

अंगुर

अंगुर धेरैलाई मन पर्ने फल हो। गर्मी मौसममा मानिसहरूले यसको सेवन गरिरहेका हुन्छन्। यो सहजै पाइने फल हो। खाँदा निकै स्वादिष्ट हुने भएकाले मानिसले यसको सेवन धेरै गर्छन्। 

अंगुरको धेरै सेवन गर्दा तौल बढ्छ। किनकी यसमा कार्बोहाइड्रेड प्रसस्त मात्रामा हुन्छ।

भूइँकटहर

जुन मानिसलाई तौल बढाउन मन छ त्यस्ता व्यक्तिले भूइँकटहर वा त्यसको जुस पिउदा हुन्छ। तर, तौल बढी भएका मानिसले यसको सेवन गर्दा थप तौल बढ्न सक्छ। पाइनापलमा अधिक मात्रामा क्यालोरी पाइन्छ। जसले तौल बढ्छ।

नरिवल

नरिवल पानी पिउँदा तौल घट्छ। तर, सुख्खा नरिवल खाँदा भने तौल बढ्छ। जुन मानिसलाई तौल घटाउन मन छ बिहान नरिवल पानी पिउन सक्छन्। तर, तौल बढाउन चाहनेहरूले सुख्खा नरिवलको सेवन गर्नुपर्छ।

प्रकाशित: Apr 05, 2021| 01:35 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्