आइतबार, भदौ १४, २०८३

पूर्वप्रधानसेनापति राणाको निधन

पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं - पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ।

कोरोना संक्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए। उनका चार छोरी छन्।

उनको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

प्रकाशित: Apr 05, 2021| 00:42 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।