आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भानु नगरपालिकाका कर्मचारीमाथि चोरीको आरोप, कामकाज ठप्प

भानु नगरपालिकाका कर्मचारीमाथि चोरीको आरोप, कामकाज ठप्प

नगरपालिकाका कर्मचारीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरी कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तबरले काम गर्ने वातावरण नभएसम्म कामकाज बन्द गरिएको घोषणा गरेका हुन्। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

पोखरा- तनहुँको भानु नगरपालिकाका कर्मचारीले आइतबारदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन्। कार्यालयको सामान चोरी गरेको आरोपमा कर्मचारी पक्राउ परेपछि कर्मचारीहरू आन्दोलित भएका हुन्। 

नगरपालिकाका कर्मचारीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरी कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तबरले काम गर्ने वातावरण नभएसम्म कामकाज बन्द गरिएको घोषणा गरेका हुन्। 

नगरपालिकाको फुस्रेटारबाट शुक्रबार सामान लैजाने क्रममा एक जना नगर प्रहरीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि कर्मचारी आन्दोलित भएका हुन्।

वडा अध्यक्ष, जनप्रतिनिधि र स्थानीय उपस्थितिमा चोरीको झुठो मुचुल्कामा जर्बजस्ती हस्ताक्षर गर्न लगाएर कर्मचारीलाई नियन्त्रणमा लिइएको भन्दै कर्मचारीले आन्दोलन थालेको एक कर्मचारीले बताए। 

नगरपालिकाका वरिष्ठ अधिकृत सुनील पाण्डेले इमान्दार भएर गरिएको काममा चोरीको आरोप लागेपछि कर्मचारीले असुरक्षा महसुस गरेको बताए।

‘स्टोरकिपर, कर्मचारी र प्रहरीसहित गएको टोलीले कार्यालय समयभन्दा बाहिरी समयमा काम गरेका थिए। उनीहरु चोरी गर्न गएका थिएनन्,’ उनले भने,‘इमान्दार कर्मचारीलाई जनप्रतिनिधिले नै चोरी गरेको आरोप लगाए।’ 

नगरप्रमुख उदयराज गौली भने कुनै पनि कर्मचारीलाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन्। ‘सामान्य विषयमा विवाद हो। हामीले छलफल गरिएका छौँ,’ उनले भने, ‘सामान चोरी भएको छैन। चोरी गरिएको कुरा असत्य हो।’

भानु नगरपालिकाको केन्द्र वडा नम्बर २ फुस्रेटारमा भएपनि नगरपालिकाले त्यस ठाउँमा अपायक परेको भन्दै भानु नपा-१ बाट काम थाल्ने तयारी गरेको थियो। त्यसका लागि सामान सार्ने भएपछि स्थानीयले विरोध गरेका थिए।

फुस्रेटारबाटै नगरपालिकाका काम हुनुपर्ने माग गर्दै आएका स्थानीयले सामान चोरी गरेको आरोपमा कर्मचारीविरुद्ध ‍उजुरी दिएपछि प्रहरीले ४ कर्मचारीलाई नियन्त्रणमा लिएर मुचुल्का गराएको थियो। 

प्रकाशित: Apr 05, 2021| 00:52 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।