बिहीबार, फागुन २८, २०८२

जोर्डनका पूर्वराजकुमार नजरबन्दमा!

उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडिओमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुर्व्यवहारको आरोप लगाएका छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

जोर्डन- जोर्डनका पूर्वयुवराजले आफूलाई घरमै नजरबन्दमा राखिएको बताएका छन्। आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाकै एउटा पाटोको रूपमा सरकारले आफूलाई नजरबन्दमा राखेको उनको भनाइ छ। 

National life

उनका वकिलद्वारा सार्वजनिक एक भिडिओमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुर्व्यवहारको आरोप लगाएका छन्।

वकिलको उक्त भनाइ एउटा सत्ता विद्रोहको आरोप लगाइएको योजनासँग जोडिएका कैयौँ उच्च तहका गिरफ्तारीपछि आएको हो।

यसअघि त्यहाँको सेनाले राजकुमार हम्जाह नजरबन्दमा रहेको विषयलाई अस्वीकार गरेको थियो। तर उसले राजकुमारलाई देशको ’सुरक्षा र स्थिरता’लाई असर पार्ने गरी लक्षित हुनसक्ने कदमहरू रोक्न आदेश दिइएको जनाएको छ।

पछिल्ला घटनाक्रमअघि राजकुमार हम्जाहले आदिवासी समूहहरूका नेताहरूलाई भेटेका थिए जहाँ उनले केही सहयोग सुनिश्चित गरेको बताइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 04, 2021| 14:58 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।