आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले प्रवेश गरेका माओवादीका प्रदेश सांसद न्यौपाने र पन्थीलाई कारबाही

एमाले प्रवेश गरेका माओवादीका प्रदेश सांसद न्यौपाने र पन्थीलाई कारबाही

लुम्बिनी प्रदेशसभाका २ जना सांसद कारबाहीमा परेका छन्। नेकपा माओवादी केन्द्रवाट निर्वाचित सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीको संसदीय दलले प्रदेश सभामुख समक्ष कारबाहीको सिफारिस गरेको हो।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

बुटवल- लुम्बिनी प्रदेशसभाका २ जना सांसद कारबाहीमा परेका छन्। नेकपा माओवादी केन्द्रवाट निर्वाचित सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीको संसदीय दलले प्रदेश सभामुख समक्ष कारबाहीको सिफारिस गरेको हो।

दल त्याग गरेकाले न्यौपाने र पन्थीको सांसद पद नै खारेज हुने भएको छ। सोमबारको प्रदेशसभाको बैठकमा सभामुखले कारबाहीको लागि पठाएको पत्र सभामा जानकारी गराउने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए।

माओवादीको संसदीय कार्यालयबाट कारबाहीका लागि पठाइएको पत्र सभामुख पूर्णबहादुर घर्तीलाई जानकारी गराइसकिएको र प्रदेशसभा नियमावली १९१ अनुसार अगाडि बढाउन निर्देशन भएको सचिव मगरले बताए। 

नियमावली १९१ अनुसार सदन जारी रहेको अवस्थामा बैठकमा जानकारी गराउने वा सूचना पार्टीमा सूचना टाँस गर्नु पर्ने व्यवस्था रहेको छ। 

प्रदेश सभाको वैठक जारी रहेको र सोमबार सभामा सभामुखले कारबाहीबारे जानकारी गराने बताइएको छ। सभामुखले सभामा जानकारी गराएपछि नियमावली १९२ अनुसार पद रिक्त हुने कानुनी व्यवस्था छ।

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय न्यौपाने (रुपन्देही) र पन्थी(गुल्मी) लाई माओवादीले कारबाही गरेको हो। 

एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद खारेज हुने भएको हो।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेललाई दिँदै आएको समर्थन फिर्ता लिने गृहकार्यसमेत सुरु भएको बताइएको छ। 

लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन्। सरकारमा बहुमत जुटाउनका लागि ४४ सीट चाहिन्छ। एमालेसँग ४१ सिटमात्र छ। माओवादीबाट गएका न्यौपाने र पन्थीलाई माऊ पार्टीले कारबाही गरेपछि एमालेलाई बहुमतका लागि तीन सीट पुग्दैन।

प्रदेशसभामा एमालेसँग ४१ सीट छ भने माओवादीको २० सांसद छन्। तीमध्ये माओवादीका एकजना सभामुख भएकाले भोटिङ गर्न १९ जनाले मात्रै पाउँथे तर २ जनालाई कारबाही भएपछि १७ जना मात्र रहने छन्। प्रदेशसभामा नेपाली कांग्रेसका १९ सांसद छन्। जसपाको ६ सीट र राष्ट्रिय जनमोर्चाको एक सीट छ।

प्रकाशित: Apr 04, 2021| 14:02 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।