आइतबार, भदौ १४, २०८३

२५ ग्राम खैरो हेरोइनसहित एक पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो झापाको कचनकवल गाउँपालिका-२ सुकुनाडिगीबाट उनलाई पक्राउ गरेको हो। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

झापा- प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो झापाको कचनकवल गाउँपालिका-२ सुकुनाडिगीबाट उनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा कचनकवल-२ का २८ वर्षीय सञ्जय लामा छन्। 

लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरको हो। 

प्रहरीले उनको साथबाट २५ ग्राम ५० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ र लागूऔषध नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजुसमेत बरामद गरेको छ। 

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। 

प्रकाशित: Apr 04, 2021| 13:30 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।