आइतबार, भदौ १४, २०८३

आमाको उजुरीमा राष्ट्र बैंककी एक निर्देशक पक्राउ

'दुई महिना अघि नै यो विवाद हामीकहाँ आएको थियो। हामीले मिलेर जान आग्रह गर्यौँक,' एसएसपी सिंहले भने, 'सुष्माले मिल्न नचाहेपछि ८४ वर्षीया आमाले उजुरी दिएपछि पक्राउ गरेका हौँ।'
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- आमाको उजुरीमा नेपाल राष्ट्र बैंकमा निर्देशक पदमा कार्यरत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन्। आइतबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो। 

बाबुआमाका नाममा रहेको सबै सम्पत्ति आफ्नो नाममा पारेको र उनीहरूको हेरचाह नगरेको  आरोपमा सुष्मा पक्राउ परेको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। 

'दुई महिना अघि नै यो विवाद हामीकहाँ आएको थियो। हामीले मिलेर जान आग्रह गर्यौं,' एसएसपी सिंहले भने, 'सुष्माले मिल्न नचाहेपछि ८४ वर्षीया आमाको उजुरीका आधारमा पक्राउ गरेका हौँ।'

सुष्मालाई ज्येष्ठ नागरिक ऐन, २०६३ विरुद्धको कसुरको आरोपमा अनुसन्धान अघि बढाइएको सिंहको भनाइ छ। उनमाथि अनुसन्धान गर्न प्रहरीले दुई दिनको म्याद पाएको छ। 

प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा बढी रकम लिई बुबाआमाको हेरचाह नगरी सम्पत्ति लिएको आरोप छ। 

प्रकाशित: Apr 04, 2021| 12:50 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।