काठमाडौं– नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले आइतबार २२५ सदस्यीय काठमाडाैं जिल्ला कमिटी गठन गरेको छ।
सो समूहले वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको हो।
उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुमकुमार कार्की र उपसचिवमा लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठ छन्। अहिले २०२ जना चयन भएका छन्। २३ जना भने पछि थप गरिने एक नेताले जानकारी दिए।


