आइतबार, भदौ १४, २०८३

चिनियाँ खोप ‘भेरोसिल’ २५ गतेदेखि लगाइने

चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ चैत २५ देखि लगाइने भएको छ। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं– चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ चैत २५ देखि लगाइने भएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो खोप अत्यावश्यक सेवामा खटिने व्यक्तिहरु र चीनमा अध्ययन गर्न जान तयारी गरेका विद्यार्थीले लगाउन पाउनेछन्। 

यो खोप ६० वर्ष उमेभन्दा माथिका व्यक्तिलाई लगाउन मिल्दैन। मन्त्रालयले यसअघि नै ४० देखि ५९ वर्ष उमेर समूहका लागि यो खोप दिइने निर्णय गरिसकेको छ। 

चिनियाँ खोप कम्पनी सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) खोपको आठ लाख डोज १६ चैतमा नेपाल ल्याइएको थियो।

प्रकाशित: Apr 04, 2021| 11:06 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।