आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवौं महाधिवेशनबाट विचार नमिल्ने मानिसको नेतृत्व आयो : झलनाथ खनाल

नवौं महाधिवेशनबाट विचार नमिल्ने मानिसको नेतृत्व आयो : झलनाथ खनाल

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राजधानीमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेता नेपालले ओलीसँग आफूहरूको  विचार नमिलेको बताएका हुन्। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल कम्युनिसट पार्टी एमालेका  वरिष्ठ नेता झलनाथ खनालले एमालेको नवौँ महाधिवेशनबाट विचार नमिल्ने मानिसको नेतृत्व आएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राजधानीमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेता नेपालले ओलीसँग आफूहरूको  विचार नमिलेको बताएका हुन्। 

'नवौं महाधिवेशनमा विचार नमिल्ने मानिसको नेतृत्व आयो। आज नेपाली कम्युनिस्ट आन्दोलनमा घटनाक्रम दोहोरिन थालेको छ। दक्षिणपन्थी भासमा पार्टी गयो,' उनले भने। नवौँ महाधिवेशनबाट ओली अध्यक्षमा चुनिएका थिए। 

एमालेलाई नयाँ हिसाबले अगाडि बढाउने अभियान स्वरुप भेला आयोजना गरिएको उनको भनाइ थियो।

'क्रान्तिकारी धारलाई संगठित गर्दैछौं। वैचारिक र राजनीति कार्यदिशा ठिक भएन भने ठूलो समस्या हुन्छ। तर सही भएको पार्टीले सत्तादेखि रुपान्तरण गर्न सहज हुन्छ। तर गलत दिशा चिन्तन भयो भने जति ठूलो पार्टी भए पनि ध्वस्त हुन सक्छ। आज नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर मोड्मा आइपुग्यो। छैठौँ महाधिवेशनबाट केपी ओलीको नेतृत्वमा गुटको जन्म भयो। दक्षिणपन्थी भड्काउको गुटबन्दी उहाँले गर्दै आउनुभयो,' उनले भने। 

प्रकाशित: Apr 04, 2021| 10:44 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।